महाधिवेशनको तयारीमा कांग्रेस रुपन्देही
भैरहवा। नेपाली कांग्रेस रुपन्देही पार्टिको १४ औं महाधिवेशनको तिब्र तयारीमा लागेको छ । पार्टिको १४ औं महाधिबेसन यहि भदौ १८ गते वडा अधिबेसन सगै सुरु हुँदैछ ।
अधिबेसनको तयारी, निर्वाचन निर्देसिका तथा कार्यबिधी बारे काङ्ग्रेस रुपन्देहिले बुधबार पार्टी कार्यालय भैरहवामा जिल्लाका १ सय ५५ वडा सभापती, पालिका, क्षेत्रीय सभापतिहरुलाइ प्रशिक्षण दिएको छ । रुपन्देहीमा महाधिवेशनका लागी केन्द्रबाट खटिएका निर्वाचन अधिकृत भेषराज घिमिरेले निर्वाचन समिती अधिबेसनको लागी तयारीमा लागेको र बिहिबार सम्ममा सबै वडाहरुमा निर्वाचन अधिकृत खटाइएने बताए । निर्वाचन समितिले स्थानीय स्तरमा सहकार्य गरि अधिबेसन गरिने र १८ गते सम्पन्न हुन नसकेका स्थानमा सहमतिमा अर्को दिन पनि निर्वाचन हुन सक्ने बताए ।
कांग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले जिल्लामा सर्बसम्मत नेतृत्व चयनको लागी अधिकतम प्रर्यत्न गर्ने र वडा तहमा खटिने निर्वाचन कर्मिहरुलाइ सहयोग गर्न आग्रह गरे । उनले वडा तह बलियो भएमा पार्टी बलियो हुने हुँदा बिबाद रहित तबरले अधिबेसन हुनु पर्नेमा जोड दिए । पुर्बजिल्ला सभापती रामचन्द्र ढकालले अधिबेसन एउटा पर्व रहेको भन्दै सबैलाइ सक्रिय रुपमा सहभागी हुन आग्रह गरे ।
नेपाली कांग्रेस रुपन्देहीका सचिब रामकृष्ण खाणले सबै तहका अधिबेशन समय मै सम्पन्न हुने भन्दै लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने र त्यसको लागी वडा तह काङ्ग्रेसको जग भएको बताए ।