एमाले बुटवल उपमहानगर कमिटीले विकास निर्माणको निगरानी गर्ने

खबरपथ संवाददाता
१७ भाद्र २०७८, बिहीबार ०७:३५

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले सरकारले अगाडि सारेका केन्द्रदेखि स्थानीय तहसम्मका विकास निर्माण लगायतका योजनाहरु कार्यान्वयनका लागि निगरानी गर्ने भएको छ । एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीका अनुसार यसका लागि हरबखत चनाखो हुने र विकास निर्माण र जनहितका पक्षमा अझ प्रभावकारी काम गरिनेछ । त्यस्तै एमाले नेतृत्वको सरकारले आरम्भ गरेका रुपान्तरणकारी परियोजना, सामाजिक न्यायका अभियान र बाह्य सम्बन्ध सुद्धृढीकरणका कामलाई निरन्तरता दिन दिवाव दिइने छ ।

त्यस्तै एमालेले भही भदौ २० गतेभित्र शाखा तथा वडा कमिटीहरु र सबै जनसंगठनहरुको भेला तथा बिस्तारित बैठकहरु सम्पन्न गरिसक्नु पर्ने, आगामी असोज १२ गते सम्म वडाभित्र रहेका टोल विकास संस्थाका आधारमा टोल भेला आयोजना गरी टोल कमिटी निर्माण गरिने अध्यक्ष पन्थीले बताउनुभयो । त्यस्तै विभिन्न कारणले सदस्यता नवीकरण गर्न छुटेकाहरुको नवीकरण गर्ने, नयाँ सदस्यता वितरणमा तीव्रता दिने, सामुदायिक संघसंस्था र सबै समुदायमा पार्टी निर्माण र बिस्तार गर्ने योजना एमालेले बनाएको छ । सम्बन्धित जनसंगठनहरुको नगर, वडा तथा शाखास्तरका सम्मेलनहरु असोज १० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने एमाले बुटवल उपमहानगर कमिटीले निर्णय गरेको छ ।

साथै एमालेले पार्टी सुद्धृढीकरण अभियानका लागि विभिन्न नेताहरुलाई आवश्यक समन्वय र नेतृत्वका लागि सहयोग गर्न अनुरोध गरेको छ । बुटवल वडा नम्बर ४ मा हरि कार्की, ५ मा कृष्ण पोखरेल र बुटवल–६ मा बाबुराम भट्टराईलाई आवश्यक समन्वय र निर्देशनका लागि अनुरोध गरिएको नगर अध्यक्ष पन्थीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*