वडा अधिवेशन शुरु गर्न भक्तपुर पुगे प्रधानमन्त्री देउवा

खबरपथ संवाददाता
१८ भाद्र २०७८, शुक्रबार ११:३९

काठमाण्डौं । आजदेखि कांग्रेसले वडा अधिवेशन शुरु गर्दैछ । वडा अधिवेशन शुरु गर्न प्रधानमन्त्री समेत रहनु भएका सभापति शेरबहादुर देउवा भक्तपुर पुग्नु भएको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले वडा अधिवेशन शुभारम्भका लागि देउवा भक्तपुर पुगि सक्नु भएको बताउनुभयो ।

भक्तपुरमा वडा अधिवेशन आजदेखि सुरू हुने र निर्वाचन भने भदौ २१ गतेका लागि तय गरिएको छ ।

देउवा सूर्यविनायक नगरपालिका क्षेत्रका वडामा हुने वडा अधिवेशन शुभारम्भ गर्न पुग्नु भएको हो । वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन् ।

कांग्रेसले आज देशभरका छ हजार सात सय ४३ वडामै अधिवेशन गर्ने भने पनि ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन हुने भएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु