प्रदेश सरकारलाई सफल बनाउनको लागि कर्मचारीहरुलाई मुख्यमन्त्रीको निर्देशन

खबरपथ संवाददाता
२२ भाद्र २०७८, मंगलवार २०:४१

बुटवल ।  लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद के.सी. ‘सोनाम’ ले प्रदेश सरकारले लिएको योजनालाई सफल बनाउनको लागि कर्मचारीहरुले दत्तचित्त भएर सहयोग गर्नका लागि निर्देशन दिनुभएको छ । निजामति कर्मचारी सेवा दिवशको २०७८ को अबसरमा सफल बनाउनको लागि कर्मचारीहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले प्रदेश सरकारको राजनीतिक दृष्टिलाई जनतामा दिदा चित्त बुझ्दो जनगुनासो आउन नदिनका लागि कर्मचारीहरु प्रशासनलाई नयाँ अभियानमा लाग्नका लागि अनुरोध गर्नुभयो ।

उहाँले जनताको सेवाको लागि आएकोले जनतालाई सेवा गर्नका लागि प्रदेश सरकार र निजामति क्षेत्रका कर्मचारीहरु एक भएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

मुख्यमन्त्री केसीले प्रदेश सरकारले निजामति प्रदेश सेवा कानून बनाएर अगाडि बढ्ने कुरामा प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले मन्त्रालयको जिम्मेवारी वाडफाड भएमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*