एमाले फुटेको हाेईन, काँचुली फेरेको हाे : उपमहासचिव बिष्णु पाैडेल

खबरपथ संवाददाता
२३ भाद्र २०७८, बुधबार १३:१२

बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले फुटेको नभई काँचुली फेरेकोे बताउनु भएको छ ।
बुधबार बुटवलमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा पौडेलले एमालेको कथित विभाजन सर्पले कांचुली फेरे जस्तै भएको बताउनु भएको छ । उहाँले सर्पले काम नगर्ने काचुली फेरे जस्तै एमाले भित्र पनि अग्रगामी काम रोक्ने व्यक्तिहरु छाडीएको बताउनुभयो । उहाँले पार्टीलाई सहि कामलाई रोक्ने प्रयास गर्ने हटेको बताउनुभयो ।

माधव नेपालले दाजुभाईको लडाइमा आमालाई बन्चरो हाने जस्तै जुन पार्टी पद , प्रतिष्ठा दिएको छ त्यही बन्चरो हान्ने काम गर्दे गम्भीर अपराध गरेको अरोप लगाउनु भयो । उहाँले पार्टी विभाजन पानीका फोका जस्तै भएकोले धेरै दिन टिक्क नसक्ने जिकिर गर्नुभयो पौडेलले लुम्बिनीमा एमाले विभाजित नभएको जिकिर गर्दे केही साथीहरु जानुभएको छ तर उहाँहरुलाई म पुन : फर्कन आग्रह गर्दछु उहाँले भन्नु भयो ।

पौडेलले कानून वमोजिम एमाले विभाजन गर्न नसकेपछि अध्यादेश ल्याएर विभाजन गरिएको बताउनुभयो ।  उहाँले ४० प्रतिशतलाई २० प्रतिशतमा झारेर एमाले विभाजन गर्ने कोशिश गरिएको छ । उहाँले भन्नुभयो म प्रधानमन्त्री देउवालाई चुनौतिका साथ भन्न चाहन्छु हिम्मत छ भने अध्यादेशलाई निरन्तरता दिनुहोस । तर सरकारले केही हप्ता पछि अध्यादेशलाई निस्कृय बनाउने उहाँको भनाई रहेको थियो ।

एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै पौडेलले सभामुख अग्नि प्रसाद सापकोटाले दलको कार्यकर्ताको रुपमा भूमिका निभाएको आरोप लगाउनुभयो । एमाले विभाजन गर्न सभामुखले पदको दुरुपयोग गरेको उहाँको आरोप छ । सभामुखको कदम गलत भएको बताउनु भयो ।

पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने बताउनुभएको छ । सरकारमा रहेका दलहरुबीच एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले एमालेमा समस्या नरहेको दावी गर्नुभयो ।

उहाँले आफूले ल्याएको वजेट सबै क्षेत्रले स्वागत गरेको उल्लेख गर्दै पौडेलले प्रतिस्थापन विधेयक मार्फत अर्को वजेट ल्याउन खोजिएको प्रति आपत्ति जनाउदै बजेट केही कमजोरी भए स्पष्ट पार्न आग्रह गर्नुभयोे । उहाँले भन्नुभयो मैले ल्याएको बजेटमा सवै क्षेत्रले स्वागत गरेको र मुक्तकण्डले प्रसंसा गरेको बेला किन यसको कार्यान्वयन भएन कस्ले रोक्यौ ? उहाँले बजेटको बिषयमा खुल्ला सडक बहस गर्न आफु तयार रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*