
तिलोत्तमा नगर सभापतिमा कांग्रेस नेता हरि तिवारीले उम्मेदवारी दिने घोषणा

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरसभापतिमा नेपाली कांग्रेसका जिल्ला सदस्य हरिप्रसाद तिवारीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । तिवारीले पार्टीलाई एकजुट बनाउने र बिग्रिएको संगठन चुस्त दुरुस्त बनाउदै गुट र उपगुटको अवस्थालाई अन्त्य गर्न आफुले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको बताउनुभएको छ । उहाँले केहिदिन मै सार्बजनिक रुपमा कार्यक्रम गरेर नै नगर सभापतिको उम्मेदबारी घोषणा गर्ने बताउनुभयो ।
स्याङ्जा रापाकोटमा जन्मिनु भएका ५८ बर्षिय तिवारी हाल रुपन्देहीको तिलोत्तमा ३ मा बसोबास गर्नुहुन्छ । ३० बर्षदेखि निरन्तर राजनीतिमा सक्रिय रहनु भएका तिवारी २०४८ सालमा टे«ड युनियन कांग्रेस रुपन्देहीको जिल्ला सदस्य हुंदै, शंकरनगर वडा संयोजक, सचिब, क्षेत्रीय सदस्य क्षेत्र न २ र १३ औं महाधिबेशनबाट जिल्ला सदस्य निर्बाचित हुनु भएको थियो ।
तिलोत्तमा नगर सभापतिमा हालका नगर सभापति हरि पाण्डेय र वडाध्यक्ष नारायण न्यौपानेको पनि चर्चा सुनिएको छ अधपी उहाँहरुको उम्मेदवारी घोषणा भने भएको छैन् ।
नगर अधिवेशन आगामी यहि २८ गतेबाट शुरू हुँदैछ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको वडा अधिबेशन सकिए लगत्तै नगर अधिबेशनको सरगर्मी शुरु भएको हो । वडामा नयाँ नेतृत्व चयन भईसकेको छ । क्षेत्रीय प्रतिनिधि पनि चयन भएका छन् । तिलोत्तमामा अहिले ३८३ जना क्षेत्रीय प्रतिनिधि चुनिएका छन् ।