
समृद्ध प्रदेश निर्माणका लागि काठमाण्डौको बसाई उपलब्धी मुलक – मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले आफ्नो काठमाण्डौंको दुई दिने भ्रमण निकै उपलब्धी मुलक रहेको बताउनु भएको छ । उहाँले लुम्बिनी प्रदेशको समृद्धिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा एवं राजनीतिक उच्च नेतृत्वतहको भेटघाटले लुम्बिनीको विकास एवं समृद्धीका लागि नयाँ ढोका खोलेको बताउनुभयो । प्रधानमन्त्री लगायत पार्टीका उच्च नेताहरुको लुम्बिनी प्रदेशको विकासका लागि सकेजति पहल गर्ने विश्वास व्यक्त भएको मुख्यमन्त्री केसीले बताउनुभयो ।
उहाँले सम्बृद्धि लुम्बिनी प्रदेशको निर्माणको लागि उच्च राजनीतिक सहमतिलाई कायम गर्दे मन्त्री परिषद् गठन, लुम्बिनी प्रदेश सरकारको बजेट तथा कार्यक्रमका बारेमा छलफल भएको बताउनु भएको छ । उहाँले लुम्बिनी प्रदेश सरकारले प्रदेशबासीको हितमा हुने गरी लिन लागिएको बजेट बारेमा केन्द्र सरकारसँग पनि छलफल गरेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवासंग गरिएको भेटमा विकासका हरेक योजनामा लुम्बिनी प्रदेशलाई प्राथमिता प्रदान गर्नका लागि अनुरोध गर्नु भएको थियो । लुम्बिनी प्रदेश देशकै नमूना प्रदेश बनाउनको लागि आफू लागि रहेको बताउँदै केन्द्र सरकारसँग पनि माग गरेको बताउनु भयो । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि लुम्बिनी प्रदेश सरकारको नीति तथा योजनालाई सफल बनाउनको लागि आफू हरदम तयार रकेको प्रक्रिया दिनुभएको छ ।
प्रदेश सरकारले यस वर्ष शिक्षा, स्वास्थ्य रोजगारलाई प्राथमिकता राख्ने गरी सुसासन कायम गरी नीति योजना तर्जुमा गरिन लागेको समेत जानकारी गराउनु भएको थियो । साथै जनमुखी बजेट नीति योजनालाई पास गरिने समेत बताउनु भयो ।सरकारले न्यूनतम लक्ष्यलाई पुरा गर्नका लागि घनीभूत रुपमा प्रदेश सरकार लागेको बताउनुभयो ।
मुख्यमन्त्री केसीले दुई दिन सम्म प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत संग भेटघाट गर्नु भएको थियो ।