कांग्रेसको महाधिवेशन तालिका फेरबदल

खबरपथ संवाददाता
२५ भाद्र २०७८, शुक्रबार १९:०७

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका फेरबदल गरेको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार गाउँ र वडामा बाँकी रहेको अधिवेशन आगामी असोज ५ गते हुने भएको छ त्यसैगरी पालिकाको ९ असोज, प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोजमा हुने भएको छ ।

एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कार्तिक १०,११ र १२ गते र केन्द्रिय महाधिवेशन मंसिर ९–१३ गते गर्ने गरी तालिका संशोधन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु