
सरकारले पाँच लाख गरिबलाई १० हजारका दरले पैसा दिने
खबरपथ संवाददाता
२५ भाद्र २०७८, शुक्रबार १९:४२

काठमाण्डौं । सरकारले पाँच लाख गरिबलाई १० हजारका दरले रकम दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रतिस्थापन विधेयक पेश गर्दै कोरोना महामारी लगायतले काम गुमाएका गरिब परिवारलाई १० हजारका दरले रकम दिने घोषणा गरेका हुन् ।
सरकारले अनौपचारिक तथा असंगठित क्षेत्रका गरिब र विपन्नलाई एक पटकका लागि प्रति परिवार १० हजारका दरले अनुदान रकम दिने घोषणा गरेको छ।
नेकपा एमालेको विरोधबीच सरकारले शुक्रबार प्रतिष्ठापन विधेयक ल्याएको हो ।