प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

खबरपथ संवाददाता
२५ भाद्र २०७८, शुक्रबार २०:५२

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डल बीच भेटवार्ता भएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डल बीच भेटवार्ता भएको हो ।

नेपाल र एमसीसीबीच भएको ५ मिलियन अमेरिकी डलर अनुदान सहयोग सम्झौता एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन हुन नसकिरहेका बेला एमीसीकी उपाध्यक्ष नेपाल आएकी हुन् । बिहीबार त्रिभुवन विमानस्थलमा ओर्लिएकी फातिमाले प्रधानमन्त्री देउवासँग भेट्नु अघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष माधवकुमार नेपाल, सत्तारुढ गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीका अध्यक्षहरुसँग भेटेकी थिइन् ।

ती सबै भेटमा एमसीसी कम्प्याक्ट अनुमोदन गर्न सहयोग मागेकी उनले शुक्रबार प्रधानमन्त्री देउवासँगको भेटमा पनि अनुमोदन बारे चासो राखेकी छन् । प्रधानमन्त्री देउवा र एमसीसी प्रतिनिधिमण्डल बीच एमसीसीले नेपालको आर्थिक विकास दिने योगदानबारे चर्चा भएको बालुवाटार निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु