तिलोत्तमा कांग्रेसको नगर सभापतिमा नारायण न्यौपानेको उम्मेदवारी

खबरपथ संवाददाता
२५ भाद्र २०७८, शुक्रबार २१:४२

बुटवल ।  रुपन्देहीको तिलोत्तमा नगर सभापतिमा नारायण न्यौपानेले उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यस्तै उप-सभापतिमा अशोक कुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्यायले पनि उम्मेद्वारी घोषणा गरेका छन् ।

शुक्रबार मणिग्राममा आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेद्वार न्यौपानेले पार्टीलाई आफूले चलयामान बनाउन उम्मेद्वारी घोषणा गरेको बताए । उनले पार्टी भित्रको गुटबन्दीलाई अन्त्य गरि संगठनलाई अनुशासित रुपमा चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे ।

न्यौपानेले अग्रजलाई सम्मान र भातृ संगठनहरुलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । उनले आफूहरु कुनै गुट–उपगुट नभई साझा उम्मेद्वारी दिएको बताए । उनले आफूले अग्रजहरुको सम्मान गर्दे युवा वर्गको नेतृत्वको लागी पनि उमेद्धवारी दिएको बताए । न्यौपानेले तिलोत्तमा मा रहेका ७ गाविसबाट समाबेसी हिसाबले साझा उमेद्धवारी दिईएको दाबि गरे ।

तिलोत्तमा नगर सभापतिमा हालका नगर सभापति हरि पाण्डेय र नेपाली कांग्रेसका जिल्ला सदस्य हरिप्रसाद तिवारीले पनि उम्मेदवारी घोषणा गरेका छन् । तिलोत्तमामा  ३९० जना क्षेत्रीय प्रतिनिधि चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु