लुम्बिनी प्रदेश सरकारले एक साताभित्र पूर्णता पाउने

खबरपथ संवाददाता
२ आश्विन २०७८, शनिबार १२:२८

बुटवल । लुम्बिनी प्रदेश सरकारले एक साताभित्र पूर्णता पाउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले मन्त्रिपरिषद्ले एक साताभित्र पूर्णता पाउने बताएका हुन् ।

उनले प्रदेश सभा सुचारु गरेन बिषयमा विपक्षी दलसँग निरन्तर संवाद भैरहेको र केही समय ढिला भए पनि सहमति बाटै प्रदेश सभाको बैठक सुचारू गर्ने समेत बताए ।

यसैबीच शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय खोल्ने र कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न पर्यटन तथा शहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।

यसैगरी असोज ३ गते संविधान दिवसका अवसरका अवसरमा प्रदेश पदक सिफारिश समितिले गरेको सिफारिस अनुसार ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा विभूषित गर्ने निर्णय पनि भएको छ । पदक फागुन ३ मा प्रदेश स्थापना दिवसमा प्रदान गरिनेछ ।

बैठकले साविक मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सट्टा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका नाममा सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।

यस्तै बैठकले मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा घर्तिगाउँ रोल्पा निवासी रमेश बहादुर वली क्षेत्रीलाई नियुक्त गरेको छ ।

यसैगरि बैठकले कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ दोस्रो संशोधन स्वीकृत समेत गरेको छ ।
प्रदेश सरकारले बुटवल उपमहानगरपालिकाको वडाहरुलाई छुट्याउने प्रस्तावलाई समेत संघीय सरकारलाई पठाउने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*