महाधिवेशनले जनताको भावना बुझ्ने नेतृत्व चयन गर्नेछ : सचेतक क्षेत्री
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्रीले पार्टीको १४ औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताएकी छन् । कांग्रेसको १४ औं महाधिवेशनको सन्दर्भमा नेपाली कांग्रेस अर्घाखाँची-रुपन्देही सम्पर्क समितिले बुटवलमा आयोजना गरेको क्षेत्रीय प्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा क्षेत्रीले नेपाली जनताको भावना र लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसको अहम् भुमीका बताउँदै सबै जिम्मेवार भएर अगाडि बढनुपर्ने आजको आवश्यकता रहेको बताईन् ।
महाधिवेशनलाई लक्षित गर्दै स्थानीय तहदेखि केन्द्रसम्म सहकार्य, एकता र सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै क्षेत्रीले महाधिवेशनबाट चुनिएको नेतृत्वले आगामी निर्वाचनमा काङ्ग्रेसलाई पहिलो पार्टी बनाउने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा कांग्रेसका नेता बिष्णु पोखरेल, तारा बेल्बासे, माधब भुसाल, प्रकाश राना, कृष्ण बेल्बासे लगायतको मन्तव्य रहेको कार्यक्रमममा कांग्रेस अर्घाखाँची-रुपन्देही सम्पर्क समितीका सभापति तुल्सी भुषालको अध्यक्षता र सचिव विनोद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।