बुटवलका मेयरलाई मुक्का हान्ने युवकलाई एमालेले मुद्दा नचलाउने
रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक विरुद्ध नेकपा एमालेले मुद्दा नचलाउने भएको छ ।
एमाले बुटवल उपमहानगर कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बाबुराम पन्थीले घटना दुःखद् र निन्दनीय भए पनि घटनामा व्यक्तिलाई एमालेले मुद्दा मामिला नगर्ने बताउनु भएको हो ।
घटना दुःखद् र निन्दनीय छ तर मुद्दा चलाउने पक्षमा हामी छैनौँ नगर कमिटी अध्यक्ष पन्थीले भन्नुभयो । घटना लगत्तै एमाले बुटवल र जिल्ला समितिले संलग्नलाई कारबाही गर्न माग गरेका थिए ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले अनेरास्ववियुका रुपन्देही जिल्ला सदस्य गणेश पङ्गेनीलाई पक्राउ गरिसकेको छ ।
पहिरो निरीक्षणमा गएको बेला बुटवल-३ ज्योतिनगरमा सोमबार बिहान नगर प्रमुख सुवेदीमाथि पङ्गेनीले मुक्का प्रहार गरेका थिए ।