परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिए शपथ

खबरपथ संवाददाता
६ आश्विन २०७८, बुधबार १४:०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गर्नुभएको हो । ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीगण, संवैधानिक निकायका उच्च पदाधिकारी लगायत उपस्थिती रहेको थियो ।

मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो । मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*