
काँग्रेस तिलोत्तमामा हरिलाल पाण्डे समुहको उम्मेदवारी घोषणा

बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आगामी असोज ९ गते हुने रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हरिलाल पाण्डेको समुहले उम्मेदवारी घोषणा गरेको छ । पार्टीको बर्तमान नगर सभापति पाण्डेले पुनः दोश्रो पटक सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन ।
पाण्डेको समुहबाट उपसभापति पदमा कल्याण पौडेल र मायाँ चौधरी, सचिवमा हुमलाल पौडेल र प्रदिप थापा तथा सहसचिवमा रमेश पराजुली र दीपक थापाले उम्मेदवारी घोषणा गरेका छन् ।
तिलोत्तमा नगरपालिकामा पार्टीको नेतृत्व लागि यस अगाडि नारायण न्यौपानेको टिमले उम्मेदवारी घोषणा गरिसकेको छ भने सभापति पद मै हरि तिवारीले पनि उम्मेद्वारी घोषणा गरेका छन् ।