काँग्रेस सैनामैनामा पोखरेल समुहको उम्मेदवारी घोषणा

खबरपथ संवाददाता
७ आश्विन २०७८, बिहीबार २१:३५

बुटवल । नेपाली काँग्रेस सैनामैनामा कृष्ण प्रसाद पोखरेलको समुहले उम्मेदवारी घोषणा गरेको छ । बिहिबार सैनामैनामा उम्मेदवारी घोषणा गर्दै आफूहरुको जीत सुनिश्चित भईसकेको दावी गरे ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट नगरमा पार्टीको नेतृत्व लिनको लागि सभापतिमा कृष्णप्रसाद पोखरेल सहित उपसभापतिमा नीलप्रसाद थापा र मीना श्रेष्ठ, सचिवमा सुवास पौडेल र कृष्ण कंडेल तथा सहसचिवमा सुरेस परियार र श्याम प्रसाद अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु