
काँग्रेस रुपन्देहीको पालिका अधिवेशन कहाँ कहाँ हुँदैछ ?

बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत वडा अधिवेशन सकिएका जिल्लामा भोली शनिबार पालिका अधिवेशन हुँदैछ । महाधिवेशनको तालिका अनुसार गत भदौ १८ गते वडा अधिवेशन भएको रुपन्देही जिल्लाका १६ वटा स्थानीय तहमा पनि शनिवार अधिवेशनको तयारी गरिएको छ । नेपाली काँग्रेस १४ महाधिवेशन अन्तरर्गत रुपन्देही जिल्लामा खटिनु भएका जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जिल्लाका १६ वटा स्थानीय तहमा भोली शनिबार निर्वाचनको तयारी गरिएको र सोही अनुसार पालिका मतदान अधिकृतलाई खटाई सकिएको जानकारी गराउनुभयो ।
पार्टीको समन्वयमा १६ वटै स्थानीय तहमा मतदान केन्द्र तोकिएको छ । जस अनुसार बुटवल उपमहानगरपालिकाको सिद्धेश्वरी माध्यमिक बिद्यालय, तिलोत्तमा नगरपालिकाको तिलोत्तमा उद्योग बाणिज्य संघको भवन, सिद्धार्थनगर उद्योग बाणिज्य संघको जिल्ला पार्टी कार्यालय भैरहवा, सैनामैनाको रामापुर क्याम्पस, देवदहको पाठक फूडल्याण्ड देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकाको आदर्श कलेज खड्क बजारमा मतदान केन्द्र तोकिएको छ ।
त्यस्तै गरि जिल्लाले बुटवल उपमहानगरपालिकामा अधिवक्ता जीवनारायण अधिकारी, तिलोत्तमा नगरपालिकामा डा। ओमप्रकाश अर्याल, सिद्धार्थनगरमा माधवप्रसाद घिमिरे, सैनामैनामा दिनेश बस्याल, देवदहमा लक्ष्मण कार्की र लुम्बिनी सांस्कृतिक नगरपालिकामा सतिसमणी त्रिपाठीलाई मतदान अधिकृत खटाएको छ ।
त्यस्तैगरी गैडहवा गाउँपालिकाको मतदान केन्द्र सयरवा मदशामा तोकिएको छ भने दिनेशकुमार उपाध्यायलाई मतदान अधिकृत खटाईएको छ । कञ्चनको बनकटीया सामुदायिक भवनमा मतदान केन्द्र तोकिएको छ भने नुरजंग केसीलाई मतदान अधिकृत खटाईएको छ । कोटहीमायीको मर्चवार आदर्श माबिमा मतदान केन्द्र तोकिएको छ भने अमर खत्रीलाई मतदान अधिकृत खटाईएको छ ।
त्यसैगरी मर्चवारीको मतदान केन्द्र बगौली माबि बगौली र मतदान अधिकृत पिताम्बर तिवारी, मायाँदेवीको मतदान केन्द्र वेथरी प्रगतिशिल आमा समुहको भवन र मतदान अधिकृत कृष्णमोहन कोहारलाई खटाईएको छ । ओमसतियाको ओमसतीया मन्दिर वडा नं। ५ मा मतदान केन्द्र तोकिएको छ भने त्यहाँ शंकर पन्थीलाई मतदान अधिकृत खटाईएको छ ।
त्यसैगरी रोहिणी गाउँपालिकाको रामनरेश माध्यमिक बिद्यालय धकधईमा मतदान केन्द्र तोकिएको छ भने त्यहाँ टिका शर्मा पौडेललाई मतदान अधिकृत खटाईएको छ । सम्मरीमाईको मतदान केन्द्र जनता माबिमा तोकिएको छ भने त्यहाँ होमराज पन्तलाई मतदान अधिकृत खटाईएको छ । सियारीको जनता उमाबि अमुवामा मतदान केन्द्र तोकिएको छ भने दीपक काफ्ले र सुद्धोदनमा सिद्धिसिद्धि पार्टी प्यालेसमा मतदान केन्द्र तोकिएको छ भने त्यहाँ जनक न्यौपानेलाई मतदान अधिकृत खटाईएको जिल्ला निर्वाचन अधिकृत घिमिरेले बताउनु भयो ।
उहाँका अनुसार मतदान अधिकृतले आफूलाई आवश्यकता अनुसार २/३ जना सहायक मतदान अधिकृत खटाउन सक्नेछन् । सुरक्षाका हिसावले पनि मतदान केन्द्रमा सुरक्षा प्रवन्ध मिलाउन सुरक्षा निकायलाई जानकारी गराईएको उहाँले जानकारी गराउनु भयो ।