कांग्रेस महाधिवेशन : देवदह सभापतिमा गुणाखर भुर्तेल बिजयी

खबरपथ संवाददाता
९ आश्विन २०७८, शनिबार २०:४८

बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देवदह नगरपालिका सभापतिमा गुणाखर भुर्तेल बिजयी बनेका छन् । रामचन्द्र पौडेल पक्षका भुर्तेल १०३ मत सहित सभापतिमा विजय बनेका छन् । उनले झबिन्द्र पाण्डेलाई ३ मतले हराएका छन्। झबिन्द्र पाण्डेको १ सय मत थियो । २०५ मत खसेकोमा पदाधिकारी भने दुवै पक्षबाट समावेश भएका छन् ।

त्यस्तै उपसभापतिमा पौडेल पक्षका प्रमोद यादब ११७ र देउवा पक्षका अमर लामिछाने १०२ मतसहित बिजयी बनेका छन् । त्यस्तै सचिवमा पौडेल पक्षका गणेश तिमिल्सिना १०० र देउवा पक्षका नेत्रलाल रिजाल १०२ मत सहित बिजयी बनेका छन्। त्यस्त सह सचिवमा भने दुबै पौडेल पक्षका मिलन मास्के राना ११७ र बैरागी थारु १०४ मत सहित बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु