कांग्रेस महाधिवेशन : बुटवलको सभापतिमा खेलराज पाण्डे बिजयी

खबरपथ संवाददाता
९ आश्विन २०७८, शनिबार २२:३९

बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुटवल उपमहानरपालिकाको सभापतिमा खेलराज पाण्डे विजयी भएका छन् । महिला नेतृ रीता केसी संगको प्रतिस्पर्धामा २८८ मत अन्तरले सभापतिमा पाण्डे विजयी भएका हुन । कुल ५४५ मत खसेकामा पाण्डेले ४१२ मत प्राप्त गरेका छन् भने केसीले १२४ मत प्राप्त गरेकी छिन् ।

त्यसैगरी उपसभापतिमा ज्योती भण्डारी ४०३ मत  र हितमान पुन २८२ मत , सचिवमा गंगा पन्थी ३०७मत , र छायाँ पोखरेल २९४ मत तथा सहसचिवमा गणेश घिमिरे ३०० मत र देवराज अर्गली २९७ मत  सहित विजयी भएका छन् । सहसचिवमा निर्वाचित घिमिरे केसी प्यानलका हुन । बाँकी सदस्यमा भने सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट पाण्डे र सभापति शेरबहादुर देउवा समुहबाट केसी प्यानल सहित चुनावी मैदानमा थिए ।एक सहसचिव बाहेक सबै पदमा पाण्डेको प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।

मत परिणाम  :-
सभापति
खेलराज पाण्डेय : ४१२
रीता केसी: १२४

उपसभापती
ज्योति भण्डारी  ४०३
हितमान पुन २८२
नर बहादुर रजाली २३८
हरिलाल सुनार १०२

सचिव
गंगा पन्थी ३०७
छाया पोखरेल २९४
जय प्रकाश भट्टराइ २३९
सन्तोष पौडेल १४८

सहसचिव :
देवलाल अर्गली  २९७
पुरोसत्तम खनाल २६९
गणेश घिमिरे  ३००
सूदन बास्कोटा  १६६

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु