पहिरो प्रभावितलाई राहत प्याकेजको व्यबस्था गर्न प्रदेश सरकारसँग कांग्रेस बुटवल नगर समितिको माग

खबरपथ संवाददाता
१२ आश्विन २०७८, मंगलवार १८:२९

बुटवल । नेपाली काँग्रेसले बुटवलको ज्योतीनगर लक्ष्मीनगर क्षेत्रमा गएको पहिरोबाट प्रभावितलाई राहत प्याकेज ल्याउन तथा अल्पकालिन र दीर्घकालिन व्यबस्थापनको माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । नेपाली काँग्रेस बुटवल नगर समितिको मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेको टोलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटेर पहिरो प्रभावितलाई राहत तथा उनीहरुलाई तत्काल व्यबस्थापन गर्न माग गरेको हो ।

ज्ञापन पत्र बुझाउँदै नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले यो विषयलाई गम्भिरतापूर्वक लिन मुख्यमन्त्री केसीलाई आग्रह गर्नुभयो । त्यस्तैगरी नेपाली काँग्रेसले तिनाउ दानव नदिको कटानका कारण भएको क्षेती प्रति पनि गम्भिर बन्न आग्रह गर्दै उनीहरुलाई समेत राहतको व्यबस्था गर्न र तटवन्धनको प्रवन्ध मिलाउन माग गरेको छ । नेपाली काँग्रेसले बुटवलको राजमार्ग चौहारादेखि गोलपार्क सडक अत्यन्तै बिग्रिएको भन्दै त्यसलाई समेत तत्काल सुधारको लागि आग्रह गरेको हो ।

नेपाली काँग्रेसले वेलवास वेथरी सडक र आउँदै गरेको चाडपर्वको समयमा मुल्यबृद्धि र कालोवजारी हुन नदिन सरकारलाई गम्भिर बन्न आग्रह गरेको छ ।
ज्ञापन पत्र बुझ्नै मुख्यमन्त्री केसीले प्रदेश सरकारले पहिरो प्रभावितलाई राहत, उद्धार र व्यबस्थापनलाई प्राथमिकता दिईएको बताउनु भयो । उहाँले त्यसको लागि सरकारको तर्फबाट तथ्यांक संकलनको काम भईरहेको र चाडपर्व अगावै राहत दिनेगरी सरकारले तयारी गरेको जानकारी गराउनु भएको नेपाली काँग्रेस नगर समितिका सचिव छायाँ पोखरेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु