लुम्बिनी सरकार कृषि मैत्री बन्दै गएको छ : कृषि मन्त्री रायमाझी

खबरपथ संवाददाता
२३ आश्विन २०७८, शनिबार २१:०६

बुटवल  ।  लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भूमि ब्यवस्था मन्त्री शुमन शर्मा रायमाझीेले प्रदेश सरकार कृषि मैत्री बन्दै गएको दाबी गरिन । आफु बिना विभागिय मन्त्री हुदाँ प्रदेशका विभिन्न जिल्लामा कृषकहरुसँग अन्र्तक्रिया गरेको बताउदै अव कृषि मन्त्रीको रुपमा किसानका समस्या हल गर्ने बताईन ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सरकारले कृषि मैत्री बजेटको ब्यवस्था गरेको बताउदै हेफर लगायतका संघ–संस्थाहरुसंग सहकार्य गर्दै कृषि क्षेत्रको ब्यवसायिकतामा जोड दिने बताईन ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षत्रीले प्रदेशमा ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको बताउँदै कृषिबाट आत्मनिर्भर बन्नको लागि प्रदेश सरकारले कृषि मैत्री बजेट ल्याएको दाबी गरिन । कोरोना संक्रमण पछि विदेशमा भएका युवा स्वदेशमा नै कृषि क्षेत्रमा लगानी गर्न चाहेको उनले बताउँदै सरकारले कृषिमा लगानी गर्ने युवालाई सहयोग गर्नु पर्ने जोड दिइन ।

हेफर ईन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डाक्टर महेन्द्र लोहनीले दुग्ध तथा माशुजन्य उत्पादनको लागि हेफरले कृषकहरुलाई नेपालमा सहयोग गर्दै आएको जानकारी दिए । साक्षात्कार कार्यक्रममा बोल्दै उनले सिमान्तक्रित जनताको आयआर्जन बृद्धि गर्दै अमेरिकि सरकारको सहयोगमा २१ वटा मुलुकमा हेफरले सहयोग गर्दै आएको बताए । किसानको आयआर्जन बृद्धि गर्नको लागि नेपालमा माशु र दुग्ध जन्य उत्पादनमा जोड दिदै तरकारी, फलफुल उत्पादनमा पनि हेफरले लगानी गर्दै आएको बताए ।

बुटवलमा बन्दै गरेको बधशाला निर्माणको लागि २३ करोड सहयोग गरेको लोहनीले बताए । प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै लुम्बिनी प्रदेशमा गरिबी निवारणको लागि हेफरले काम गर्ने उनले बताए । त्यस्तै , उनले सवै गैरसरकारी संस्थाहरुलाई एउटै दृष्टिकोले नहेर्न आग्रह गर्दै संस्थाहरुले गरेका कामका आधारमा मुल्याङ्कन गर्न समेत आग्रह गरे ।
हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा. तिर्थराज रेग्मीले नेपालमा ३ लाख परिवार हेफरबाट लाभाविन्त भएको दाबी गरे । हेफरले गरिब तथा निम्न आय भएका मानिसहरुको आयबृद्धिको लागि कृषि क्षेत्रमा प्रोत्साहन गर्दै आएको बताए । रेग्मीले हेफरले आफ्ना कार्यक्रमहरुलाई निरन्तर सुधार र परिमार्जन गर्दै आएको बताए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिब विक्रम खड्काले सरकारबाट आउने कृषिका अनुदान बास्तविक किसान सम्म पुग्न नसकेको गुनासो पोखे । सरकारबाट आउने अनुदान फर्जि कागज देखाएर नक्कली किसानले पाउने गरेको उनले बताउँदै यसलाई रोक्नको लागि सरकारी निकाय सचेत हुनु पर्नेमा जोड दिए ।

त्यस्तै , क्लवले हेफर ईन्टरनेश्नल नेपालले लुम्बिनी प्रदेशमा कृषि क्षेत्रमा महत्वपूर्ण योगदानको प्रशंसा गर्दै सम्मान पत्रले सम्मानित गरेको छ । रिपोर्टर्स क्लब नेपाल ,लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षत्रीको अध्यक्षता तथा तेजेन्द्र केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु