नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व : गृहमन्त्री खांण

खबरपथ संवाददाता
१ कार्तिक २०७८, सोमबार २२:२२

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताएका छन् ।

गृहमन्त्री बनेपछि पहिलो पटक आज गृहजिल्ला रूपन्देही आएका उनले नागरिकको जीवन रक्षा गर्ने दायित्व राज्यको रहेको बताए।

नागरिकको जीवन सुरक्षालाई प्राथमिकता दिन उनले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन समेत दिएका थिए।

गत असोज २४ गते बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जाको बिषयलाई लिएर भएको झडपमा चार जनाको मृत्यु भएकोतर्फ लक्षित गर्दै मन्त्री खाणले भने, ‘सुरक्षा निकायका प्रमुखहरुलाई मेरो आग्रह छ- राज्यको प्रमुख दायित्व नागरिकको जीवन रक्षा गर्नु हो, नागरिकले अनाहकमा ज्यान गुमाउन नपरोस्।’

मन्त्री खाणले रुपन्देहीको समृद्धिको लागि आफू सदैव प्रयत्नशील रहेको बताए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल र एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार पारेको उनले जानकारी दिए।

मन्त्री खाण नेपाली कांग्रेसका नेता प्रेमनारायण खरेलको शोक सभामा पनि सहभागी भए। त्यस्तै गत भदौ १३ गते झरेको बुटवलको ज्योतिनगर पहिरोको अवलोकन गर्नुका साथै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुसग छलफल गर्ने लगायत कार्यक्रम गृहमन्त्रीको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु