तिलोत्तमाको योगीकुटीमा एकै घरको दुई पसलमा आगलागी

खबरपथ संवाददाता
१८ चैत्र २०७८, शुक्रबार १९:३६

बुटवल । तिलोत्तमाको योगीकुटीमा एकै घरको दुई पसलमा आगलागी भएको छ । एक मदिरा पसल र किराना पसलमा आगलागी भएको हो ।

तिलोत्तमा नगरपालिका २ योगिकुटी खानेपानी टंकी नजिक रहेको मेगा श्री जनरल स्टोर र मेगा श्री कोल्ड स्टोरमा शुक्रबार अपरान्ह ४ बजे आगलागी भएको हो ।

तिलोतमा, बुटवल र सिद्धार्थनगरको तिनवटा दमकलको सहायताले नेपाली सेना, प्रहरी र सर्वसाधारणले आगो नियन्त्रणमा लिएका छन् ।

आगलागीबाट पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने डेढ करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरीएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु