क्वाड सम्मेलन : एसिया – प्यासिफिक क्षेत्रका पूर्वाधार परियोजनामा ५० अर्ब डलर लगानी गरिने
एजेन्सी
टोकियो। जापान, अमेरिका, भारत र अस्ट्रेलियाले एसिया–प्यासिफिक क्षेत्रका पूर्वाधार परियोजनामा ५० अर्ब डलर बराबरको रकम लगानी गर्ने भएका छन् । जापानको राजधानी टोकियोमा जारी क्वाड शिखर सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री फुमिओ किसिदाले सो जानकारी दिएका हुन् ।
‘हामी आगामी पाँच वर्षमा इन्डो–प्यासिफिक क्षेत्रमा सञ्चालित परियोजनाहरूलाई सहयोग गर्न ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने लक्ष्य राख्छौं’, प्रधानमन्त्री किसिदाले भने ।
क्वाड सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्टेलियाका नवनियुक्त प्रधानमन्त्री एन्थोनी अल्बानिज टोकियोमा छन् ।