भारतले चिनी निर्यातमा सीमा तोक्यो

खबरपथ संवाददाता
११ जेष्ठ २०७९, बुधबार १५:१६

एजेन्सी
नयाँ दिल्ली । ६ वर्षमा पहिलो पटक भारतले चिनी निर्यातमा सीमा तोकेको छ । सरकारले यो सिजनका लागि एक करोड टन निर्यातको सीमा तोकेको छ ।

घरेलु बजारमा मूल्य नियन्त्रण गर्न पछिल्लो कदम चालिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । देशका मिलहरूले विश्व बजारमा कीर्तिमानी मात्रामा चिनी बिक्री गरेका छन् ।

१ जुनदेखि ३१ अक्टोबरसम्म विदेशमा कुनै पनि ढुवानीका लागि निर्यात कर्ताहरू लाई सरकारसँग अनुमति माग्न सरकारले जारी गरेको आदेशमा उल्लेख छ ।

भारत संसारकै सबैभन्दा धेरै चिनी उत्पादन गर्ने देश हो । भारत ब्राजिपछिको दोस्रो ठूलो निर्यातक समेत हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*