टेक्सासको विद्यालयबाहिर बन्दुकसहित विद्यार्थी पक्राउ

खबरपथ संवाददाता
१२ जेष्ठ २०७९, बिहीबार १०:३१

टेक्सास। अमेरिकाको टेक्सास राज्यको उभल्देस्थित एक विद्यालयमा भएको घातक गोलीबारीमा १९ विद्यार्थी र दुई शिक्षकको ज्यान गएको एक दिनपछि टेक्सासकै एउटा हाईस्कूल बाहिर एक विद्यार्थी बन्दुकसहित पक्राउ परेका छन् ।

प्रहरीले टेक्सासको रिचर्डसन हाईस्कुलतर्फ राइफलसहित हिँड्दै गरेका संदिग्धलाई पक्राउ गरेको हो । संदिग्धबारे जानाकारी पुगेपछि तत्कालै उनी भएको स्थानमा प्रहरी पुगेको थियो । प्रहरी गतिविधिबारेमा नजिकका विद्यालयलाई जानकारी दिइएको थियो ।

१८ वर्षीय बन्दुकधारीले एउटा प्राथमिक विद्यालयमा २१ जनाको हत्या गरेको भोलिपल्ट यो घटना भएको हो ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*