कतारमा प्लास्टिक झोला प्रयोगमा रोक

खबरपथ संवाददाता
१२ जेष्ठ २०७९, बिहीबार १९:०४

दोहा ।मध्यपूर्व एसियाको देश कतारमा प्लास्टिक झोला प्रयोगमा रोक लगाइएको छ। वातारणीय प्रदुषण कम गर्न कतारले प्लास्टिक झोला प्रयोगमा बन्देज लगाउने निर्णय गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कतारमा प्लास्टिकको झोला निषेध गर्ने नगरपालिका मन्त्रालयले तयार पारेको मस्यौदालाई पास गरेको हो । वातावरण संरक्षण र फोहोर पुनस् प्रयोगमा अधिकतम लगानी गर्ने रणनीतिक उद्देश्यअनुरुप सो मस्यौदा तयार गरिएको थियो । अब ‘सिंगल युज प्लास्टिक ब्याग’ को सट्टा धेरै पटकसम्म प्रयोग गर्न मिल्ने वैकल्पिक झोला बोक्नु पर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*