रुस निरन्तर रुपमा युक्रेनको दोनबासतर्फ बढ्दै छ : बेलायती प्रधानमन्त्री जोनसन

खबरपथ संवाददाता
१४ जेष्ठ २०७९, शनिबार ०७:५१

एजेन्सी
किभ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेना पूर्वी युक्रेनको दोनबासमा सुस्त तर स्पष्ट प्रगति गरिरहेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले टिप्पणी गरेका छन् । ‘मलाई डर छ कि पुटिनले आफू र रुसी सेनाको लागि ठूलो मूल्य चुकाएर दोनबासलाई नियन्त्रणमा लिन चाहन्छन्’, प्रधानमन्त्री जोनसनले भने ।

रुसी सेना निरन्तर ढंगले युक्रेनतर्फ अगाडि बढेकाले त्यसको प्रतिकार गर्न युक्रेनी सेनालाई सैन्य सहयोग गर्नुपर्ने उनले बताए । युक्रेनलाई नाजी सोबाट मुक्त गर्न र निशस्त्रीकरण गर्न भन्दै रुसी सेनाले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ । राजधानी किभ लगायतका महत्वपूर्ण क्षेत्रमा हमला गरिरहेको रुसी सेना पछिल्लो समय पूर्वी युक्रेनमा केन्द्रित छ । रुसी सेनाले युक्रेनको बन्दगरगाह सहर मारि ओपललाई नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ ।

मारिओपलोको स्टिल कारखानामा लामो समयदेखि बन्धक भएका युक्रेनी सेनालाई रुसी सेनाले रिहा गरिदिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*