
प्रचण्ड जापान जाँदै

काठमाण्डौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापानको पाँच दिने भ्रमणमा जानुहुने भएको छ ।
नेपाली जन प्रगतिशील मञ्च, जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड साउन २१ गते जापान प्रस्थान गर्नुहुने र साउन २५ गते नेपाल फर्कनु हुने कार्यक्रम तय भएको स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
‘पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षको हैसियतमा निमन्त्रणा आएको छ । त्यहाँ तय भएको कार्यक्रममा सहभागी हुन अध्यक्ष त्यसतर्फ जान लाग्नु भएको हो’, मल्लको भनाइ छ ।
अध्यक्ष प्रचण्डले यस अघि असार अन्तिम साता भाजपाको निमन्त्रणमा भारत भ्रमण गर्नुभएको थियो ।