बुटवलमा बालबालिकालाई कोभिड-१९ विरुद्धको दोश्रो मात्राको खोप

खबरपथ संवाददाता
२२ श्रावण २०७९, आईतवार १९:३८

बुटवल । बुटवल उपमहानगरपालिकाभित्र बालबालिका लक्षित कोभिड १९ विरुद्धको दोश्रो मात्रा खोप सुरू भएको छ ।

५ वर्ष उमेर पूरा भई १२ वर्ष नपुगेका उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोपको दोश्रो मात्रा लगाउन सुरू भएको हो ।

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार आइतबारदेखि बुटवलका १०३ वटा विद्यालयमा खोप कार्यक्रम सञ्चालन भएको छ ।

बुटवलका सामुदायिक र संस्थागत विद्यालयहरुमा बुटवल उपमहानगरपालिकाको स्वास्थ्यकर्मीहरुको टोली खटिएर बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।

यस अघि खोप लगाएका बालबालिकाहरुलाई दोश्रो मात्रा र पहिलो खोप लगाउन छुट भएका बालबालिकाहरुलाई पहिलो मात्रा खोप दिइनेछ ।

बुटवल उपमहानगरपालिकाका खोप संयोजक कल्पना भुसालका अनुसार साउन २२ गते आइतबारदेखि साउन ३१ गते मंगलबारसम्म खोप अभियान सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु