नियमित रक्तदाता संघको रक्तदान कार्यक्रम,४६ प्रिन्ट रक्त संकलन
बुटवल । रक्तदानको लागी सबै अगाडी बढौं भन्ने मुल नारा लिई अगाडी बढेको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नियमित रक्तदाता संघको मासिक नियमित कार्यक्रम अनुसार शनिवार बुटवल ब्लड बैकमा आयोजित रक्तदान कार्यक्रमका प्रमुख अथिति पाईला नेपाल फाउण्डेशनका डाईरेक्टर एवं देवदह मेडिकल कलेजका डाक्टर शान्ता शर्माले रक्तदान जस्तो पवित्र कार्यका लागी सस्थालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँनुभयो । कार्यक्रमका विशिष्ठ अथिती संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले टोल टोलमा रक्तदान घर घरमा रक्तदाता र जहाँ अस्पताल तहाँ नियमित रक्तदाता संघको अवधारणा अनुसार संघ अगाडी बढ्ने बताउनुभयो ।
रुपन्देहीका अध्यक्ष अशेस सिल्वालले रगतको अभाव हुन नदिन संघले नियमित रुपमा रक्तदान कार्यक्रमको आयोजना गरीरहेको बताउनुभयो । उहाँले संस्थाको नियमित मासिक कार्यक्रम अनुसार हरेक महिनाको दोस्रो शनिवार रक्तदान कार्यक्रम आयोजना गरिने बताउनुभयो ।
रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिल्वालको अध्यक्षता तथा kaizen Abroad service consultancy का प्रोपराईटर किरन रानाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष भास्कर शाहीले स्वागत मन्तब्य राख्नु हुँदै हरेक तिन तिन महिनामा रक्तदान गर्नुपर्ने बारे र रक्तसम्बन्धी जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजिकरण संघका सदस्य ईश्वरी प्रसाद बन्जाडे गर्नु भएको थियो ।
संघको मासिक नियमित कार्यक्रम अनुसार आयोजित रक्तदान कार्यक्रममा ४६ प्रिन्ट रक्त संकलन भएको संघकी सहसचिव कृसला न्यौपानेले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा नियमित रक्तदाता र दुई जना रक्तदाताले आफनो जन्मदिनको अवसरमा रक्तदान गरेका थिए ।