युथ च्याम्पियन्सद्वारा तिलोत्तमाका सराेकारवालासंग सुरक्षित गर्भपतन सम्बन्धि छलफल

खबरपथ संवाददाता
१२ पुष २०८०, बिहीबार १६:३२

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहिबार सुरक्षित गर्भपतन सम्बन्धी कार्यक्रमको खाका तयार गर्न एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित गर्भपतन , प्रजनन स्वास्थ्य र महिनावारीकाे बारेमा लुम्बिनी प्रदेश युथ च्याम्पियनको आयोजना तथा भिजिबल ईम्प्याक्टको प्राबिधिक सहयोगमा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख जागेश्वर देवी चौधरी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गंगाराम आचार्य, प्रशासन, योजना तथा अनुगमन् शाखा प्रमुख माधब प्रसाद पोख्रेल लगायतका शाखाका प्रमुख तथा प्रतिनिधि एबम सरोकारवालाहरुसंग एकदिने छलफलको आयोजना गरिएको हो ।

स्थानिय स्तरमा हुने असुरक्षित गर्भपतन रोक्न सरोकारवालाहरुकाे महत्वपुर्ण भुमीका रहने भन्दै सो गोष्ठीको आयोजना गरिएको लुम्बिनी प्रदेश युथ च्याम्पियन पुनम कुँवरले बताईन। पछिल्लो समयमा असुरक्षित गर्भपतन गर्नेको संख्यामा बृद्धि भएको खवर आईरहेका बेला सो कार्यक्रमले केही टेवा पुग्न सकोस भन्ने उदेश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको लुम्बिनी प्रदेश युथ च्याम्पियन बिनिता चुंदालीले बताईन । प्रजनन् स्वास्थ्य र यस क्षेत्रका ग्रामिण भेगका प्रस्तावित ठाउँमा सुरक्षित गर्भपतनका बारेमा लुम्बिनी प्रदेश युथ च्याम्पियन बिशाल न्यौपाने र पुनम कुँवरद्वारा सहजीकरण गरिएको कार्यक्रममा सुरक्षित गर्भपतन सम्बन्धी बिषयमा सरोकारवालाहरुको सुझाव लिईएको थियो।

निकट केहि समय पश्चात तिलोत्तमाका किशोरकिशोरीहरुका बीच गएर सो सम्बन्धी सुरक्षित गर्भपतन सेवा, प्रजनन अधिकार, एबम महिनावारीका बिषयमा बिद्यालय तहमै बिशेष कार्यक्रमको आयोजना गरिने लुम्बिनी प्रदेश युथ च्याम्पियन रुजा जोशीले बताउनुभयो। यस अघि सो संस्थाले लुम्बिनि प्रदेशका विभिन्न जिल्लाहरुमा कार्यक्रम गरिसकिएको जोशीले बताएकी छिन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*