नियमित रक्तदाता संघ र कालिका मानवज्ञानको संयुक्त बृहत रक्तदान कार्यक्रम

खबरपथ संवाददाता
१३ पुष २०८०, शुक्रबार २१:२४

बुटवल । रक्तदानको लागी सबै अगाडी बढौं भन्ने मूल नारा लिई अगाडी बढेको नेपाल नियमित रक्तदान संघ रुपन्देहीले शुक्रबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कालिका मानवज्ञान मा.वि.को ६३ औं बार्षिकोत्सबको अवसरमा आयोजित रक्तदान कार्यक्रममा नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवालको अध्यक्षता, विधालय ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको प्रमुख आथित्यता तथा विधालयका प्रधानाध्यापक दिनेश थापाको विशिष्ट आथित्यता रहेको थियो ।

नेपाल नियमित रक्तदाता संघ र कालिका मानवज्ञान मा.वि.को संयुक्त रुपमा आयोजित बृहत रक्तदान कार्यक्रममा ५२ प्रिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक भास्कर शाहीले जानकारी दिनुभयो ।

त्यसैगरी भोली पौष १४ गते शनिवार रक्तसञ्चार सेवा केन्द्र बुटवल ब्लड बैंकमा र १६ गते मानवज्ञान मा वि बुटवलमा नियमित रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक संघका उपाध्यक्ष भाष्कर शाहीले जानकारी दिनुभयो ।

बुटवलमा हुन गईरहेको खाना महोत्सवमा नेपाल रक्तदाता संघको आयोजनामा निःश्ल्क ब्लड ग्रुपिङ्ग कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक भाष्कर शाहीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*