रायमाझी कुलदेवता बुटवल नगर समितिको आठौ साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न

खबरपथ संवाददाता
१५ पुष २०८०, आईतवार १०:३०

बुटवल । रायमाझी कुलदेवता बुटवल नगर समितिको आठौ साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिवार तिलोत्तमाको तिलोत्तमा पार्कमा आयोजित साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अथिति रायमाझी कुलदेवता कन्द्रिय समितिका केन्द्रिय सदस्य टोप बहादुर रायमाझीले बुटवल नगर समितिले गरेका सामाजिक गतिविधीहरुको उच्च प्रशसा गर्दै रायमाझीहरुको रगत मै ईमान्दारीता मिहिनेती र नेतृत्व गर्ने क्षमता रहेको उल्लेख गर्नुभएको थियो। उहांले रायमाझी बन्धुहरुको एकता कायम राख्दै कुलपित्रीको ईज्जत बढाउने कार्यमा सवै लागनु पर्ने भनाई राख्नु भएको थियो ।

त्यसैगरी विशिष्ठ अथिति कुलदेवता केन्द्रिय समितीका केन्द्रिय सदस्य एवं रायमाझी कुलदेवता बुटवन नगर समितीका सरक्षक नारायण रायमाझीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै अझै धेरै भन्दा धेरै बन्धुहरुलाई नगरसिमितिमा जोड्न पहल गर्नुपर्ने बताउनुभएको थियो । उहांले आगामी चैत्र २३ गते रायमाझी कुलदेवता समितीको स्थापना दिवश मनाउने निर्णय भएको समेत जानकारी गराउनुभएको थियो ।

त्यसैगरी विशिष्ठ अथिति केन्द्रिय सदस्य लक्ष्मण रायमाझीले छरिएर यसका रायमाझी बन्धुहरुलाई एकतामा जोडदै पुखाले आर्जन गरेकाे इतिहासकाे योगदानलाई थप गर्दै अगाडी बढनु पर्नेमा जोडदिनुभएको थियो ।

उहाँले छहराबाट शुरुभएको रायमाझीबन्धुहरुको एकता आज देशैभरी संघ प्रदेश र नगरमा कायम रहेको बताउनुभयो । उहाँले बशावलीमा छुटेका रायमाझी बन्धुहरुको नामावलीलाई अपडेट गर्दै जाने पनि बताउनुभयो ।

त्यसैगरी कार्यक्रमका अथिति रुपन्देही जिल्लाका निवर्तमान अध्यक्ष रुप कुमार रायमाझीले साधारण सभाको सफताको शुभकामना व्यक्त गर्दै रायमाझी एकता गर्ने पूर्वजहरुको बारेमा विगतको ईतिहासलाई प्रष्ट पार्नुभएको थियो ।

साधारण सभामा बुटवल नगर समितीका अध्यक्ष दिपक रायमाझीले १० बुँदे वार्षिक प्रगति विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बुटवल समितीकाका निवर्तमान अध्यक्ष राजेन्द्र सिंह रायमाझी, सल्लाहकारहरु भिम बहादुर रायमाझी, होम वहादुर रायमाझी, प्रेससल्लाहकार राजेन्द्र जग रायमाझी सचिव रामु रायमाझी, उपाध्यक्ष भगवती रायमाझी कोषाध्यक्ष नक्ष्मी रायमाझी झविन्द्र रायमाझी , यज्ञ रायमाझी ,सुवास रायमाझी र रमेश रायमाझी लगायतको आथित्यता रहेको थियो ।

रायमाझी कुलदेवता बुटवल नगरसमितीका अध्यक्ष दिपक रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखा समितीका कृष्ण बहादुर रायमाझीले स्वागत मन्तव्य राख्नुभएको थियो भने धन बहादुर रायमाझीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा ७० बर्ष पुरा हुनु भएका अग्रज बुवा आमाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*