पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा नीलकण्ठ बाबाधाम मन्दिरमा पूजा अर्चना
बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाहले आज बुटवल उपमहानगरपालिका वार्ड ७ इस्थित रहेको नीलकण्ठ बाबाधाम मन्दिरमा पूजा अर्चना गरेका छन् । दुई हप्तादेखि भैरहवामा आएर बसेका पूर्व राजा ज्ञानेन्द्रले बुटवलमा पुस १ गतेबाट सुरु भएको शिव शक्ति-११ अतिरुद्री,अतिचण्डी महायागमा आज पूजा गरेका हुन् ।
सो अवसरमा मन्दिर परिसरमा भेला भएका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए । पूवराजालाई मन्दिरका पुजारी तथा पदाधिकारीले स्वागत गरेका थिए ।
परिवारसहित पुस ९ गते भैरहवामा आएका पूर्वराजा यसअघि
कपिलवस्तुकाे चन्द्राैटामा आयाेजित नागरिक अभिनन्दन ग्रहण गरेका थिए भने वलपरासीकाे सरावल स्थित बर्दघाटे कालिका मन्दिरमा पनि पूजा गरेका थिए । उनलाई पुस १९ गते भैरहवामा नागरिक अभिनन्दनसमेत गरिएको थियो । उनी अझै एक दुई दिन रूपन्देहीमै रहने बताइएको छ ।