नियमित रक्तदाता संघको आठौ नियमित रक्तदान कार्यक्रम सम्पन्न

खबरपथ संवाददाता
१३ माघ २०८०, शनिबार २२:५४

बुटवल । रक्तदानको लागी सबै अगाडी बढौं भन्ने मूल नारा लिई अगाडी बढेको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको आठौ नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बुटवल ब्लड बैंकमा सनिवार सप्पन्न रक्तदान कार्यक्रमको प्रमुख अथिती कालिका क्याम्पसका अध्यक्ष होम गलामिले रक्तदान गर्नु सबैभन्दा ठुलो धर्म भएको बताउनु भयो । उहाँले मन्दिरमा गई पुजा गर्नु भन्दा रगत नपाइ छटपटाई रहेका बिरामीलाई रगतदान गर्नु सबैभन्दा पुनेयको काम भएको बताउनुभयाे । उहाँले रगतको महत्त्वको बारेमा आफ्नै अनुभव सुनाउदै संघले गरेकाे कामकाे प्रसंशा तथा सम्मान बेक्त गर्नुभयो । उहाँले संघले गर्ने आगामी कार्यक्रममा आफ्नाे तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयाे ।

तेसैगरि कार्यक्रमका विशिष्ट अथिति संघका केन्द्रिय सह काेषाधयक्ष बिस्नु भण्डारीले रगत कुनै कारखानामा बनाउन वा कुनै पसलमा किन्न नसकिने अतिनै महत्त्वपूर्ण अमुल्य भएकोले हरेकले रक्तदान गरि मानवीय सेवामा लाग्नुपर्ने बताउनुभयो । उहाँले संघलाई आर्थिक रूपमा सबल बनाउनको लागि सहयोग स्वरुप दस हजार रुपैया प्रदान गर्नुभयो ।
तेसैगरी अतिथि नेचुरल इलेक्ट्रोनिकसका प्रोपराटर भिमलाल गौतमले आफ्नो २७ औं बैबाहिक बर्षगाँठकाे अवसरमा रक्तदान कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले संघको कार्यक्रमको लागि सधै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवालले रगतको अभाव हुन नदिन संघले आठौ नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको बताउनुभयो। अध्यक्ष सिलवालले विभिन्न संघ सस्था , स्कूल , कलेजहरुमा पनि नियमित रक्तदानको आयोजना गरिएको बताउनुभयो । साथै उहाँले सम्पुर्ण रक्तदाता , सहयोगि महानुभाबहरुलाई धन्नयबाद दिनुभयो ।

नेपाल नियमित रक्तदान संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवालको अध्यक्षतामा सप्पन्न कार्यक्रमको सयोजन संघका सदस्य सुनिल थापाले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संघका सचिब ईश्वरी प्रसाद बन्जाडेले गर्नुभएको थियो ।

कार्यक्रममा वडा न १० का अध्यक्ष बल बहादुर पुन, प्रेस सल्लाहकार राजेन्द्र रायमाझी, उपाध्यक्ष भाष्कर शाहि ,केन्द्रिय सचीव मन्जु गिरि ,भिम लाल गौतम ,देबसी थैब ,अनुज सिह धामि, दिनेश गेबालि ,दिपक अधिकारी ,रमेश पाण्डे लगायतकाे आथिय्ता रहेको थियो।

रक्तदान कार्यक्रमको प्रायोजन नेचुरल इलेक्ट्रोनिकसका प्रोपराटर भिमलाल गौतमले गर्नुभएको थियो भने संघका केन्द्रिय सचीव मन्जु गिरीले आफ्नो जन्मदिनको अवसरमा दुई हजार रुपैयाँ संघलाई सहयाेग स्वरुप प्रदान गर्नु भएको थियो ।
भने संघका आजिबन सदस्य बिनये कुमार थैबले छोरिको भात खुआईको अवसरमा पाच हजार रुपैयाँ संघलाई सहयाेग स्वरुप प्रदान गर्नु भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*