रुरु क्षेत्रमा नियमित रक्तदाता संघको बृहत रक्तदान कार्यक्रम

खबरपथ संवाददाता
२४ माघ २०८०, बुधबार १४:०१

बुटवल । गुल्मीको रुरु क्षेत्रमा नियमित रक्तदाता संघ रुपन्देहीले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नियमित रक्तदाता संघ रुपन्देहीले गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं १ रिडिमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान कार्यक्रमका प्रमुख अथिति रुरु क्षेत्र गाउँपालिका वडा नं का अध्यक्ष नवराज बि.क.ले गाउँपालिकामा पालिकाको सहयोग वा नभए आफनै ब्यक्तिगत खर्च गरेर भए पनि रक्तदान जस्तो पवित्र कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले नियमित रक्तदाता संघले गरेको कार्यको प्रशसा समेत गर्नुभयो ।

त्यसैगरी कार्यक्रमका विशिष्ठ अथिति नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अषेश शिल्वालले संस्थाको पृष्ठभुमी बारे जानकारी गराउँदै रुपन्देही जिल्लाले नियमित तथा आकस्मिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दे आईरहेको बताउनुभयो । साथै अध्यक्ष सिल्वालले पालिकास्तरमा जनतालाई निःसुल्क रुगत तथा रगततत्वहरुको ब्यवस्थापन गराउनको लागी आफू लागी पर्ने बताउनुभयो ।

कार्यक्रममा रुरु जनसेवा पोलिक्लिनिका संचालक डा विकाश पन्थले स्वागत मन्तब्य राख्दै रगत तथा रक्त सम्बन्धी बिषयमा जानकारी गराउनु भएको थियो ।
रुरु फ्रेन्स क्लबका अध्यक्ष शोभित थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रुरु फ्रेन्स क्लबका सदस्य चिरन ज्ञवालीले गर्नुभएको थियो ।
कर्यक्रममा ईलाका प्रहरी गुल्मीका प्रमुख , संघका उपाध्यक्ष भाष्कर शाही लगायत समितीका पदाधिकारीहरु, विभिन्न राजनितीक दलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका अध्यक्ष लगायतको आथित्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*