नेपाल नियमित रक्तदाता संघको रक्तदान कार्यक्रम
बुटवल । रक्तदानको लागी सबै अगाडी बढौं भन्ने मुल नारा लिई अगाडी बढेको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नियमित रक्तदाता संघद्धारा शनिवार बुटवल ब्लड बैकमा आयोजित रक्तदान कार्यक्रमका प्रमुख अथिति कान्ति मा विका प्रचार्य गोविन्द ज्ञवालीले रक्तदान जिवनदान भएको र मान्छेको ज्यान बचाउने जस्तो ठूुलो दान धर्म संंसारमा अरु नभएको बताउनुभयो । उहाँले रक्तदान गर्ने ब्यक्तिले कुनै पनि अन्य दान पूुजा गर्नु नपर्र्ने बताउनुभयो ।
प्रमुख अथिति ज्ञवालीले आफनो विधालयको बार्षिक उत्सबमा प्रत्येक बर्ष रक्तदानको आयोजना गरिरहेको कुरा बताउँदै रक्तदाता संघको सहकार्यमा अब प्रत्येक तिन तिन महिनामा नियमित रक्तदान कार्यक्रमको आयोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमका विशिष्ठ अथिती संघका केन्दिय उपाध्यक्ष महेश खनाललले संघले रगतको अभाव हुन नदिन २०६१ साल देखि निरन्तर रुपमा रक्तदानको कार्यक्रम गर्दे आईरहेको बताउनुभयो । त्यसैगरी रोट¥याट क्लब अफ लुम्बिनी बाणिज्य क्यम्पस २३/२४ का अध्यक्ष ऋषि पाण्डेले सेवा नै धर्म भएको भन्दै क्लबले विभिन्न सामाजिक कार्य संगै संघ संगको सहकार्यमा रक्तदानको कार्यक्रम पनि निरन्तर गर्दे जाने प्रतिबद्धताा जनाउनुुभयो । त्यसैगरी अथितिहरु केन्द्रिय सहकोषाध्यक्ष विष्णु भण्डारी , केन्द्रिय सदस्य राजेश गेरै , सघका उपाध्यक्ष भाष्कर शाही तथा विभिन्न संघ संस्थाका पदाधिकारी तथा सदस्यहरु , रोट¥याट रोटरीक्लबका सदस्यहरुको आथित्यता रहेको थियो ।
रुपन्देहीका अध्यक्ष अशेस सिल्वालले कार्यक्रमको समापन गर्दे रगतको अभाव हुन नदिन संघले टोलटोलमा रक्तदान एक घर एक रक्तदाताको महाअभियान जति धेरै रगत उति धेरै जिवन भन्दै विभिन्न संघ संस्था लगायत स्कूल कलेजहरुमा नियमित रुपमा रक्तदान कार्यक्रमको आयोजना गराउन निरन्तर लागी परेको बताउनुभयो ।
त्यसैगरी दिपक सिह अधिकारी र सिता अधिकारीको ३० औं बैबाहिक बर्षगाँठको अवसरमा कार्यक्रमको आयोजनाका लागी कार्यक्रमको सौैजन्य गर्नुभएकाो थियो । साथै अधिकारी दम्पत्तिले नियमित रक्तदाता संघले आयोजना गर्ने नियमित कार्यक्रममा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिल्वालको अध्यक्षता तथा दिपक अधिकारीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा संयोजक दिपक अधिकारीलेले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण संघका सचिव ईश्वरी प्रसाद बन्जाडे गर्नु भएको थियो ।
कार्यक्रममा संघका केन्द्रिय सहकोषाध्यक्ष विष्णु भण्डारीले आफनो जन्मदिन विशेषको अवसरमा त्यसैगरी संघका केन्द्रिय सदस्य राजेश गैरे र पध्मा गैरेले बैवाहिक बर्षगाँठको अवसरमा त्यसैगरी आजिवन सदस्य दुर्गा नेपालले आफनो जन्मदिनको अवसरमा संघलाई आर्थिक सहयोग गर्नुभएको थियो । त्यसैगरी शंकर लम्सााल र ईन्दु लम्सालले १६ औं बैबाहिक बर्षगाँठको अवसरमा संघलाई हेप्पीफण्ट मार्फत आर्थिक सहयोग गर्नभएको थियो । त्यसैगरी हाल जापानमा रहनुभएका अनिल खत्रीले पनि संघलाई आर्थिक सहयोग गर्नुभएको थियो ।