व्यापार संघमा सुनचा“दी वस्तुगत उपसमिति गठन
बुटवल। रुपन्देहीव्यापार संघमाआवद्ध सुनचाँदीव्यवसायीहरुको सम्पन्न भएको वृहत भेलाले वस्तुगत उपसमिति गठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले दल बहादुर वि.क.को संयोजकमा ९ सदस्यीय सुनचाँदी उपसमिति गठन गरेको हो । सुनचाँदी उपसमितिको सह–संयोजकमा ठकर बहादुर वि.क., सचिवमाअमृत वेवारे, कोषाध्यक्षमा असिम सेन्चुरी, सह–सचिवमा लक्ष्मण सेन्चुरी रहनुभएको छ भने सदस्यहरुमा राजेन्द्र गहतराज, हिमाल कालिराज, मनिक वि.क., मञ्जिल वि.क.र सल्लाहकारहरु हरि बहादुर गहतराज, गकुल विश्वकर्मा र हरिबहादुर सुनार रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथिसंघका द्वितिय उपाध्यक्ष प्रेमनाथ पाण्डेले संस्थागतहित र संस्थाको सुदृढिकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुने भन्दै सबैलाई जिम्मेवार भएर पेशाव्यवसाय सञ्चालनगर्न आग्रह गर्नुभयो । उहाँले वस्तुगत उपसमिति मार्फत् सम्पूर्ण व्यावसायीहरुको असल अभिभावक बन्न उपसमितिलाई आग्रह गर्नुभयो । यस्तै भेलामा बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुलविश्वकर्मा,रुपन्देही व्यापार संघका कोषाध्यक्ष मनिराम खनाल, सचिव मनहरि बस्याल, सह–सचिव प्रकाशराज पौडेल, सह–कोषाध्यक्ष अर्जुन प्रसाद भट्टराई,सम्बद्ध सदस्य हरिबहादुर खड्का, निवर्तमान कार्यसमिति सदस्य हरिबहादुर गहतराज लगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा बताउनुभएको थियो । कार्यक्रम सुनचाँदी उपसमितिको संयोजक सरोज गहतराजको अध्यक्षता र दलबहादुर वि.क.को संचालनमा सम्पन्न भएको थियो ।