व्यापार संघमा वस्तुगत उपसमिति गठन
बुटवल । रुपन्देहीव्यापार संघमा आवद्ध खुद्रातथा किराना एवं फिड्स तथा दाना व्यवसायीहरुको वृहत भेलाले वस्तुगत उपसमितिहरु गठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले गोपाल कुमार प्रधानको संयोजकत्वमा ११ सदस्यीय खुद्रा किराना उपसमिति र मिनप्रसाद नेपाल –बिमल)को संयोजकत्वमा १४ सदस्यीय फिड्स तथा दाना उपसमिति गठन गरेको हो । किराना वस्तुगत उपसमितिको सह–संयोजकमा शालिक रामश्रेष्ठ, सचिवमा दिपक काफ्ले, सह–सचिवमा मोति प्रसाद श्रेष्ठ रहनु भएको छ । यस्तै सदस्यहरुमा शालिकराम बस्याल, भरत पौड्याल, बोधराज पराजुली, शुभास काफ्ले, महेन्द्र गुप्ता, गोपीकानु, ठाकुर पाण्डेर सल्लाहकारमा खिमराज पाण्डे (शंकर), टिकाराम गैरे रहेका छन् । यस्तै फिड्स तथा दाना उपसमितिको सह–संयोजकमा रशेम आचार्य, सचिवमा प्रकाश भण्डारी, कोषाध्यक्षमा प्रदिप कुँवर, सह–सचिवमा कमल बस्याल, सह–कोषाध्यक्षमा सन्तोष कार्की रहनुभएको छ भने सदस्यहरुमा खुमानन्द गैरे, प्रकाश जिसी., डोलबहादुर सारु, मधुसुदर बस्नेत राजु खड्गी, मनिष राना, रेखा बस्नेत, संजिताभुषाल(पन्थ) एवं सल्लाहकारहरुमा हरि प्रसाद कंडेल, गोविन्द बहादुर खड्का, रामबहादुर खत्री, लक्ष्मण प्रसादश्रेष्ठ र टंक प्रसाद पन्त रहनुभएको छ ।
भेलामा बोल्दै कार्यक्रमको प्रमुख अतिथि संघका महासचिव फर्सुराम पन्तले संस्थाग तहित र संस्थाको सुदृढिकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुने भन्दै सबैलाई जिम्मेवार भएर पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरे । उनले एकताबद्ध अभियान र सांगठनिक सहकार्यबाटै समस्याहरुको समाधान हुने बताउदै व्यवसायको सफलताको समेत शुभकामना दिनुभयो ।
यस्तै भेलामा संघका द्वितिय उपाध्यक्ष प्रेमनाथ पाण्डे, कोषाध्यक्ष मनिराम खनाल, सचिव प्रकाश राजपौडेल, सह–कोषाध्यक्ष अर्जुन प्रसाद भट्टराई, मानार्थ सदस्य ऋषिराम पाण्डे, कार्यसमिति सदस्य वृन्दा भट्टराई आचार्य र माधव ज्ञवाली लगायतले विभिन्नपक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा प्रकास पार्दै बस्तुगत उपसिमितिहरुलाई रचनात्मकक्रियाकलापहरु अगाडि बढाउने बिश्वासव्यक्त गर्नुभएको थियो । कार्यक्रम संघका कार्यसमिति सदस्य जिवनारायण घिमिरेको अध्यक्षता र खिमराज पाण्डे (शंकर)को संचालनमा सम्पन्न भएको थियो ।
भेलामा संघका सह–सचिव नामदेव पाण्डे र कार्यसमिति सदस्य केशवराजपन्थले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा धारणा राखेकाथिए । उक्तकार्यक्रम संयोजक चुरामणि पौड्यालकोे अध्यक्षतामा सम्पन्न भएको थियो ।