होजियारी वस्तुगत उपसमिति गठन

खबरपथ संवाददाता
२० चैत्र २०८०, मंगलवार १२:०८

बुटवल । रुपन्देहीव्यापार संघमा आवद्ध होजियारी व्यवसायीहरुको वृहतभेलाले नया वस्तुगत उपसमिति गठन गरेको छ । संघको सचिवालयमा भएको भेलाले बाबुराम पाण्डेयको संयोजकमा ११ सदस्यीय उपसमिति गठन गरेको संघले जनाएको छ । जसमा सह–संयोजकमा लेखनाथ गैरे, सचिवमा भिमलाल पौडेल, कोषाध्यक्षमा बसन्त गैरे, सह–सचिवमामदन घिमिरे रहनु भएको छ भने सदस्यहरुमा केशवराज पौडेल, तुल्सीराम गैरे, उत्तमथापा, गौतम गैरे, सुरेश भण्डारी र सल्लाहकारहरुमा मेघलाल भट्टराई, अर्जुन गैरे, तिलकराम पाण्डेय, अर्जुनप्रसाद भट्टराई, रामप्रसाद भण्डारी रहनुभएको छ ।
भेलामा व्यवसायीहरुले कोरानाकालबाट आएको आर्थिकमन्दीलाई सुधार गर्न राज्यले ठोस कदमचाल्ने प्रयास नगरेको भन्दै उनीहरुले व्यवसायीहरुको एकतामा जोड दिएका थिए । भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुखअतिथि संघका कार्यबहाक अध्यक्ष प्रकाश ढकालले व्यवसायमा देखापरेका समस्याको समाधानका लागि व्यवसायीक संघसंस्थाहरुको अहमभूमिका हुने हुदा त्यसलाई बलियो बनाउन व्यवसायीहरु सक्रिय हुनु पर्ने कुरामाजोड दिनु भयो ।
भेलामा संघका द्वितिय उपाध्यक्ष प्रेमनाथ पाण्डे, महासचिव फर्सुरामपन्त, कोषाध्यक्षम निरामखनाल (मणि), सचिवमनहरि बस्याल, वस्तुगत उपसमितिका संयोजकएवं संघका सह–सचिव प्रकाशराज पौडेल, मानार्थ सदस्यऋषिराम पाण्डे लगायतले व्यवसायमा विभिन्न कारणले समस्याहरु बढ्दै गएको जिकिर गर्दैहोजियारी क्षेत्रका व्यवसायीहरुले आफ्ना समस्याहरु वस्तुगत उपसमितिमार्फत संघमा ल्याउन सुझावदिनु भयो ।
भेलामाबोल्ने वक्ताहरुले पछिल्लो समयमा व्यवसायमाआएको मन्दीले व्यवसायीहरुलाई आफ्नो व्यवसायबाट पलायनहुने अवस्था सिर्जनाभएको गुनासो गरेकाथिए । कार्यक्रम संघका सह–कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराईकोअध्यक्षता र कार्यसमिति सदस्य जिवलालपौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु