अत्याधिक गर्मीका कारण बुटवलका विद्यालय २ दिन वन्द हुने

खबरपथ संवाददाता
१९ बैशाख २०८१, बुधबार २०:१५

बुटवल । अत्याधिक गर्मी बढ्दै गएका कारण बुटवलका विद्यालय २ दिन बन्द हुने भएका छन् ।

बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गरी केही दिन देखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा चल्न थालेको कारण बैशाख २० र २१ गते विद्यालयमा विदा दिइएको जनाएको हो ।

अत्यधिक गर्मी र तातो हावाका कारण विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्यमा समेत गम्भिर असर पर्न सक्ने देखिएकाले दुई दिन विद्यालयमा बिदा दिइएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

‘गत केही दिन देखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा चल्न थालेको कारण विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्यमा समेत गम्भिर असर पर्न सक्ने सम्भावना देखिएको हुँदा विद्यालयहरुले गर्न पाउने वार्षिक विदाबाट कट्टी हुने गरी मिति २०८१ साल वैसाख २० र २१ गते जम्मा २ दिन विद्यालय विदा गर्नुहुन यस कार्यलयको मिति २०८१।१।१८ को निर्णय अनुसार निर्देशन गरिएको व्यहोरा अनुरोध छ ।’- सूचनामा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*