एन् जि मार्केट र माछापुच्छ्रे बैंकबीच छुट सम्झौता

खबरपथ संवाददाता
९ जेष्ठ २०८१, बुधबार १७:५७

बुटवल । तिलोत्तमा ५ मणिग्राम स्थित एन् जि मार्केट र माछापुच्छ्रे बैक लिमिटेड बीच सम्झौता भएको छ । डिजिटल कारोबार लाई प्रोत्साहन गर्ने योजना स्वरुप दुई संस्थाबीच सम्झौता भएको हो । एन् जि मार्केटले प्रदान गर्ने बिभिन्न सामानहरु लत्ता कपडा, ईलेक्ट्रोनिक सामान, खाध्य तथा अखाध्य सामानहरुमा माछापुच्छ्रे बैक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई बढिमा १० प्रतिसत सम्म छुट सुबिधा दिने एन् जि मार्केट र बैकबीच सहमति भएको हो ।
एन् जि मार्केटका प्रमुख नारायण बन्जाडे र माछापुच्छ्रे बैक  लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सरोज पोखरेलले सहमती पत्रमा हस्ताक्षर गरेका छन् । हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*