रुपन्देही ब्यापार संघ ब्याग बस्तुगत उपसमितिले गर्यो नि:सुल्क भोजन कार्यक्रम
बुटवल । रुपन्देही ब्यापार संघ ब्याग बस्तुगत उपसमितिले निःसुल्क भोजन गराउने कार्यक्रम सप्पन्न गरेको छ् ।
सोमबार ब्याग बस्तुगत उपसमितिले बुटवलको नयाँ बसपार्क सेरोफेरोमा एक कार्यक्रमको आयोजना गरि निःसुल्क भोजन गराउने कार्यक्रम सप्पन्न गरेको हो ।
निःसुल्क भोजन गराउने कार्यक्रममा प्रमुख अथिती रुपन्देही ब्यापार संघका प्रथम उपाध्यक्ष दया भण्डारीले ब्याग बस्तुगत उपसमितिको कार्यको मुक्तकन्थले प्रसंशा गर्दै आगामी दिनमा पनि यस किसिमका सामाजिक कार्यालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अथिती रुपन्देही ब्यापार संघका द्वितिय उपाध्यक्ष प्रेम पाण्डे तेसैगरी अथितिहरु सहसचिब प्रकाश पौडेल ,सह काेषाध्य्क्ष अर्जुन भट्टराई , तेसैगरी कार्यसमिति सदस्यहरु केदार नेपाल ,गोबिनद चापागाईं ,टेकराज पन्थी लगायतको आतिथ्यता रहेको थियोे ।
कार्यक्रमको समापन गर्दै ब्याग बस्तुगत उपसमितिका अध्यक्ष बिजय सिंह रायमाझीले येस किसिमका सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
रुपन्देही ब्यापार संघ ब्याग बस्तुगत उपसमितिका अध्यक्ष बिजय सिंह रायमाझीको अध्यक्षतामा सप्पन्न नि:सुल्क भोजन गराउने कार्यक्रममा २०० जनालाई नि:सुल्क भोजन गराइएको थियोे ।