विश्व वातावरण तथा २५ औं राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा शंकरनगर खानेपानीद्धारा डस्बिन वितरण
कार्यक्रमका प्रमुख अथिति तिलोत्तमा नगरपालिकाका प्रमुख रामृकष्ण खाँणले शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले गरेका कार्यको उच्च प्रशंसा गर्दे शंकरनगर खानेपानी संस्था नेपालकै उदारणिय रहेको उल्लेख गर्नुभयो । उहाँले तिलोत्तमामा यस किसिमका उदारणिय संस्थालाई आत्मसात गरी देशभरी धेरै संघ संस्था जन्मने गरेको बताउनुभयो । उहाँले तिलोत्तमा नगरपालिका ज्ञानकेन्द्रको रुपमा अगाडी बढेको जसका कारण अन्य ठाउँबाट तिलोत्तमाआई धेरै कुरा सिक्न सक्ने बताउनुभयो । उहाँले देशैभरीका खानेपानी संस्थाले शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबाट सरसफाई खानेपानीकाबारे धेरैकुरा सिक्न सक्ने पनि बताउनुभयो ।
त्यसैगरी शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झबिन्द्र भण्डारीले विश्व वातावरण तथा २५ औं राष्ट्रिय सरसफाई सप्ताहको अवसर पारेर सामुदायिक विधालय र आधारभुत स्वास्थ्य केन्द्रलाई डस्विन वितरण गरिएको बताउनुभयो ।
उहाँले हाल सम्म संस्थाले ४०० भन्दा बढी फोहोर राख्ने डक्बिन वितरण गरिसकेको र आगामी दिनमा यसलाई निरन्तरता दिने पनि बताउनुभयो । उहाँले शुद्ध खानेपानी र सरसफाईको क्षेत्रमा उपभोक्ताको हितका लागी संस्था लागी रहने बताउनुभयो ।
कार्यक्रममा खानेपानी तथा डिभिजन कार्यालयका प्रमुख राज कुमार चौधरी, बाबुराम अधिकारी , निवर्तमान अध्यक्ष हरि प्रसाद तिवारी, सल्लाहकार बेल प्रसाद शर्मा, वडा नंं २ का अध्यक्ष तथा सल्लाहकार डिल बहादुर भट्टराई, सल्लाहकार कमल प्रसाद पौडेल , वडा नंं २ का अध्यक्ष कल्याण पौडेल ,जनज्योति मा.वि.का प्र.अ.टंक प्रसाद पौडेल, दुर्गादत्त मा.वि.का प्र.अ. चण्डी प्रसाद पाण्डे, न्यूलाईट मा.वि.का प्रअ कर्ण बहादुर क्षेत्री ,आधारभूत स्वास्थ्य चौकी सिमानगरका ठानेश्वर बश्याल , आधारभूत स्वास्थ्य चौकी वडा नंं १ का कोपिला पौडेल , आधारभुत स्वास्थ्य चौकी केन्द्र सिमानगरका भरत प्रसाद भुसाल , हाम्रो सगरमाथा आधारभुत विधालयका प्रअ.घनश्याम घिमिरे , लगायतको आथित्यता रहेको थियो ।
शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झविन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष केशव शर्मा तिवारीको स्वागत मन्तब्य र सचिब कमला ज्ञवालीले संचालन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष मित्रलाल न्यौपाने, सदस्यहरु तारापती ज्ञवाली, खिल बहादुर पौडेल, भिमलाल पौडेल, रेनुका खरेल , रचना सिंह ठकुरी, कृष्ण बहादुर क्षेत्री, डोलराज भण्डारी, चन्द्रकान्त खनाल, कोष बहादुर बस्नेत, केशरी पाण्डे, राममाया पौडेल, संस्थाका इन्जिनियर दिपक पाण्डे, अधिकृत शान्ता केसी, लगायत अन्य कर्मचारीहरुकोे उपस्थिती रहेको थियो ।