नियमित रक्तदाता संघ रुपन्देहीको चौधौं नियमित रक्तदान कार्यक्रम 

खबरपथ संवाददाता
१३ श्रावण २०८१, आईतवार १४:३४

बुटवल । रक्तदानको लागी सबै अगाडी बढोै भन्ने मुलनारा लिई अगाडी बढेको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको चौधौं नियमित रक्तदान कार्यक्रम  शनिवार सम्पन्न भएको छ ।
शनिवार बुटवलको ब्लड बैंकमा सम्पन्न रक्तदान कार्यक्रमका प्रमुख अथिति सुनौलो विहानी फूर्तिलो समूहका अध्यक्ष तथा रुपन्देही विधुत ब्यवसायी संघका संस्थापक अध्यक्ष अनन्तमान थैबले संघ संग सहकार्य गरी नियमति रक्तदाता संघ र सुनौलो बिहानी समुह बिच सहकार्य गरी बार्षिक नियमति रुपमा ४ पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने  प्रतिबद्धता  जनाउनुभयो । त्यसैगरी कार्यक्रमका बिशिष्ठ अथिति नेपाल नियमित रक्तदाता संघका केन्द्यि प्मुख सल्लाहकार विमल बहादुर शाक्यले स्व. सरोज सिलवाल बन्दीको योजना कार्यक्रम र योगदानका कारण नेपाल नियमित रक्तदाता संघले निरन्तर रुपमा मानविय सेवामा अगाडी बढिरहेको र उहाँलाई हामी भुल्न नहुने बताउनुभयो । शाक्यले नियमित रक्तदाता संघले दिन रात आफनो सेवामा लागेका कारण रगतको अभाव हुन नदिएको समेत बताउनुभयो । उहाँले आमाको आँसुले भन्दा एक जना ब्यक्तिले दिएको रगतले ब्यक्तिको ज्यान बच्ने भएकाले प्त्येक रक्तदाता नायक भएको बताउनुभयो । शाक्यले भन्नुभयो रक्तदान गर्नु भनेको कसैको ज्यान बचाउनु हो त्यो भन्दा ठूलो मानविय धर्म अरु हुन नसक्ने बताउनुभयो ।
कार्यक्रमको समापन गर्दे नेपाल नियमित रक्तदाता संघका रुपन्देही अध्यक्ष अषेश सिलवालले सम्पूर्ण रक्तदाता ,संघ सस्था तथा आथित्यता गर्नुहुने महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दे रक्तदान महादान भएकाले यो अभियानलाई सबैले साथ दिंदै १८ बर्ष देखि ६५ बर्ष सम्मका दाजुभाई दिदिबहिनीले रक्तदान गर्नको लागी उहाँले आब्हान पनि गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा विशिष्ठ अथिति नेपाल नियमित रक्तदाता संघका केन्द्यि अध्यक्ष दया बहादुर सिलवाल, त्यसैगरी अथिति सघका केन्दिय महासचिब दिपक अधिकारी ,केन्दिय कोषाध्यक्ष प्रेम बहादुर सुनार , साहारा टोलविकाश सस्थाका अध्यक्ष सुनिल शाह, संघका उपाध्यक्ष भाष्कर शाही लगायतको आथित्यता रहेको थियो ।
नियमित रक्तदाता संघ रुपन्देहीका जिल्ला अध्यक्ष अषेश सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक रिषी पाण्डेले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण जिल्ला सचिब ईश्वरी प्साद बञ्जाडेले गर्नुभएको थियो ।
कार्यक्रमलाई रिषी पाण्डे र सुहानी पराजुली पाण्डेको बैबाहिक बन्धनको अवसरमा रक्तदान कार्यक्रमको प्रयोजन  गर्नुभएको थियो भने कार्यक्रमलाई भेनष इस्पेक्सन एण्ड क्वालिटीचेक कन्ट्रोल प .लि. साथै आर एल पिन्टिङ्ग प्सले सहयोग गरेको थियो । त्यसैगरी सुरज केशरीले आफनो जन्मदिनको बिषेश अवसरपारी रक्तदान गर्नुभएको थियो ।
त्यसैगरी ५९ औं रक्त सञ्चार दिवशका अवसरमा रेडक्रस सोसाइटीले कार्यक्रमको आयोजना गरी नियमित रक्तदाता संघ रुपन्लेहीलाई सम्मान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*