
हावा हुरी पिडितलाई युबा जागरण अभियानद्वारा राहत बितरण

२० चैत्र, बुटवल । युबा जागरण अभियानले तराइका हावा हुरी पिडितहरुलाई राहत सामाग्री बितरण गरेको छ ।
बाराको परवानिपुर गाउँपालिकाको वार्ड ४ चैनपुर गाउँका करिब २०० घर धुरी पिडित परिवारलाई अभियानले राहत सामाग्री बितरण गरेको हो ।
अभियानले त्रीपाल , म्याट्रेस्स, खाद्यान्न, झुल लगायतका सामाग्रीहरु बितरण गरिएको हो ।
युवा जागरण अभियानका अध्यक्ष चिन्तन पौडेलको सभापतित्वमा सम्पन्न राहत बितरण कार्यक्रममा नेपाल विद्यार्थी संघका निवर्तमान उपसभापति प्रकाश राना, नेवि संघ निवर्तमान सहमहामन्त्री राजेस रौनियार, नेविसंघ निवर्तमान केन्द्रिय सदस्य पुनम लामा, नेविसंघ चितवन सभापति सुर्य ढकाल, नेताहरु लालबाबु सिंह, विजय गुप्ता, उपेन्द्र जैसवाल, प्रेमिका राना , एलिजा ढकाल, तरुण नेता लाल बहादुर जि सी, विद्यार्थी नेता श्रीकृण्ण लामीछने लगायतले बोल्दै राज्यको तर्फबाट हुने राहत बितरणमा ढिलाई हुने गरेको भन्दै सामाजीक संघ संस्थाहरुले छिटो छरीतो तत्कालीन राहत उपलब्ध गरादा पिडीतहरुले राहतको महसुस गर्न सक्ने बिचार ब्यक्त गर्नुभयो ।
उहाँहरुले हावा हुरी पिडीतहरुको अवस्था दयनीय रहेको भन्दै सरकारको तर्फबाट पनि छिटो छरीतो र सहज रुपमा राहत,उद्धार र पुनस्र्थापनाको कार्य अगाडी बढाउन सरकारसँग माग गर्नुभएको छ ।
आइतबार राति आएको हावा हुरी सहितको चक्रवातमा परी बारा पर्सा लगायतका क्षेत्रामा २९ जनाको मृत्यु भएको छ भने करीव ७ सय बढी घाइते भएका थिए । बिनासकारी हावा हुरीका कारण त्यस क्षेत्रका ठुलो संख्ययामा मानिसहरु घरबार बिहिन भएका छन् ।
अभियानले यस अघी पनि बिभिन्न सामाजिक कार्यमा काम गर्दै आइरहेको छ ।