मानव अधिकार तथा शान्ति समाजद्धारा कारागार एवम बालसुधार केन्द्रको अनुगमन

खबरपथ संवाददाता
२१ चैत्र २०७५, बिहीबार ०९:०१

२१ चैत, बुटवल । मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीको भैरहवा स्थित कारागार एवम् बालसुधार केन्द्रको अनुगमन गरेको छ ।

अनुगमनको क्रममा कारागारको अवस्था र कैदीले पाउने मानवीय सुविधाहरूको बारेमा जानकारी लिएको थियो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिस्ठ उपसभापति गोविन्द खनाल, शाखा सभापती डिपि खनाल, उपसभापति कृष्ण चौवान, सचिव ज्ञवाली एवम् पत्रकार र कानुन ब्यावसायी लगायतको टोलिले कारागार अनुगमन गरेको हो ।

१२० जना क्षमता रहेको कारगारमा ४४५ जना बन्दी रहेकोले बस्न सुत्न निकै र्गाहो भएको कारागारका कैदी उमेश पाण्डेले बताए । कारागार प्रमुख प्रेम बहादुर रोकाका अनुसार ब्यवस्थित कारागार निर्माणको लागि उपयुक्त स्थानको खोजी भइरहेको जानकारी दिए ।

समाजका केन्द्रीय बरिस्ठ उपसभापति गोविन्द खनालले झन्डै एक शताब्दी पुग्न थालेको कारागारमा कैदिहरु खादिएर बस्नुपर्ने बध्यता हुनु मानवताको हिसाबले बडो लज्जाजनक भएको औल्याए । छिटोभन्दा छिटो ब्यवस्थित बन्दी गृह बनाउन सरकारसग माग गरे ।

बालसुधार केन्द्रको अवस्थामा उनि उस्तै दयनीय भएको पाइएको छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डिपि खनालले बाल सुधार केन्द्र बाल मैत्री नभएको बताए । सुधार गृहका बालक नवीन बुडामगर्क अनुसार खेलकुदका सामाग्री, पर्याप्त खेलमैदान लगायतका धेरै कुराहरु नभएको बताए । सुधार गृहका प्रमुख सुभद्रा गौतमले पुर्वाधारको अपर्याप्तले भनेजस्तो सुबिधा दिन नसकिएको स्वाकार्दै बालमैत्री सुधार केन्द्र बनाउन आफु लागेको बताईन ।

मानव अधिकार तथा शान्ति समाजले राज्यको कानुन बमोजीम बन्दी जीवन रहेका बन्दी एवम् सुधार केन्द्रमा रहेका वालबालिकालाइ मानबिय ब्यवहार भए नभएको अवस्थाको बारेमा प्रतिबेदन तयार पारी समाजको केन्द्रलाइ पठाउने रुपन्देही शाखामा सचिव अर्जुन ज्ञवालीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*