लागु पदार्थ दुर्व्यसनी नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

अनिल पहाडी
२५ श्रावण २०८१, शुक्रबार २०:५९

रुपन्देही । गोरखनाथ सामुदायिक सिकाई केन्द्र सैनामैना रुपन्देहीको आयोजना र लायन्स क्लब अफ भृकुटी टाउन मनकामना बुटवलको सहआयोजना मा प्रशंसनिय दृष्टिकोण तथा लागु पदार्थ दुर्व्यसनी नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।


पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय सैनामैना १ रानिबँगैचाका कक्षा ११ र १२ मा अध्ययनरत करिब २०० जना विद्यार्थीहरुलाई उक्त सचेतना कार्यक्रम मा सहभागी गराईएको थियो ।

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष शिवलाल बस्यालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमा इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक प्रदिप पौडेलले लागु पदार्थ दुर्व्यसन तथा त्यसको कानुनी उपचार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । लागू पदार्थ दुर्व्यसनले युवा वर्गमा पार्ने सामजिक , आर्थिक र राजनैतिक असर बारे कार्यक्रममा छलफल गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष शिवलाल बस्यालले विद्यार्थीहरुलाई लागु पदार्थको सेवनबाट टाढा राख्न घरपरिवार बाट नै मनोबैज्ञानिक ढंगले सम्झाउनु र उनीहरुको गतिविधिलाई गहिरो ढंगले अवलोकन गर्नुपर्ने भनाई राख्नु भएको थियो ।

उक्त कार्यक्रममा प्राध्यानाध्यापक नेत्र पुरी , सहप्राध्यानाध्यापक यमानन्द चालिसे, विद्यालय व्यवस्थापन समिती शिक्षक प्रतिनिधि बाबुराम पोख्रेल , नारायण शर्मा ,सन्जय गौतम , लायन्स क्लब अफ भृकुटी टाउन मनकामना बुटवलका अध्यक्ष कुसुम थापा , सचिब संगिता कालिराज लगायतको उपस्थिति रहेको थियो ।

गोरखनाथ सामुदायिक सिकाई केन्द्र कि अध्यक्ष लता खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य प्रेम कला सिंजालीले राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन गोरखनाथ सामुदायिक सिकाई केन्द्रकि कार्यसमिती सदस्य सुष्मा छिनालले गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*